
नेपाल तरुण दल चितवनले रक्तदान कार्यक्रम गर्ने भएको छ।
देशभर रगतको अभावमा बिरामिको ज्यान जाने समस्या देखिएपछी रक्त अभावलाई निराकरण गर्ने उद्देश्यको साथमा कार्यक्रम आयोजना गरिएको कार्यक्रमका सयोजक सुजन क्षेत्रीले जानकारी दिएका छन।
यहि असोज २४ गते बिहान होटेल स्टार ब्याङ्क्युट निपनिमा बिहान ८ बजे देखि हुने कार्यक्रममा करिब ५०० जनाले सहभागिता जनाउने सहआयोजक नेपाल बिद्यार्थी संघ सहिद स्मृति बहुमुखी क्याम्पसका इकाई सभापति बिबेक उदासले बताएका छन।