सुरेन्द्र पाण्डेलाई शहरी विकास मन्त्रालयको प्रस्ताव, अर्थबाहेक अरुमा नजाने पाण्डेको अडान

असोज २०-
मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेता सुरेन्द्र पाण्डेलाई शहरी विकास मन्त्रालय लिन प्रस्ताव राखेका छन् ।

पूर्व अर्थमन्त्री पाण्डेले भने शहरी विकास मन्त्रालयमा नजाने बताएका छन् । ‘मैले प्रधानमन्त्रीलाई अर्थबाहेक अरु मन्त्रालयमा जान्न भनेको छु’, पाण्डेले भने ।
अहिले मन्त्रिपरिषदमा शहरी विकास मन्त्रालय, सञ्चार मन्त्रालयसँगै अर्थ मन्त्रालय पनि खाली रहेको छ । पाण्डेले अर्थ मन्त्रालय चलाइसकेकाले अब शहरी विकास मन्त्रालयमा नजाने अडान लिएका छन् ।

तर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अर्थ मन्त्रालयमा पार्टी महासचिव विष्णु पौडेललाई लैजान चाहेको स्रोतले बताएको छ । दिउँसो चार बजे बोलाइएको सचिवालय बैठकमा नयाँ मन्त्रीबारे थप छलफल हुने बताइएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker