दशैको मुखमा कालिका नगरपालिकामा राहत वितरण

चितवन । चितवनको कालिका नगरपालिका क्षेत्रमा बसोवास गर्ने अति विपन्न समुदायलाई आज खाधान्न सामाग्री हस्तान्तरण गरिएको छ ।

चितवन कालिका नगरपालिका वडा नम्वर १ लंकालाईन घर भई हाल भारतीय सेनामा कार्यरत अन्तराष्ट्रिय तेक्वान्दो खेलाडी रमेश कार्कीको आर्थिक सहयोगमा आज कालिका नगरपालिका भित्र वसोवास गर्ने ६२ परिवारलाई खाध्य सामाग्री हस्तान्तरण गरिएको कार्यक्रमका संयोजक एवं सञ्चारर्की केशव तिवारीले वताए ।

कोरोनाको कारण देशमा भएको बन्दाबन्दीले खाद्य संकट पर्न थालेका अति बिपन्न समुदायका परिवारहरु खाद्यान्न सहयोग गर्न पाउदा खुशी लागेको रमेशकी श्रीमती चाँदनी कार्कीले वताईन ।

खाध्य सामाग्री हस्तान्तरण कार्यक्रममा कालिका नगरपालिका ५ का वडाअध्यक्ष जियन महत्तो , कालिका नगरपालिका १० का वडा सदस्य महेन्द्र चेपाङ ,रमेशका दाई दिपक कार्की लगायत उनको परिवारका सदस्यहरुको उपस्थित रहेको थियो ।
कार्यक्रममा उपस्थित बिपन्न समुदायका ब्यक्तिहरुले चाडवाडको समयमा राज्यले हेर्नुपर्ने भएपनी कुनै वास्ता नगर्दा दुख लागेको बताएका छ्न।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker