कोरोनाको नाममा चितवनमा मजदुरहरुलाई कसैले तलमाथी गर्न खोजे पार्टी चुप लागेर नबस्ने : काँग्रेस सभापति श्रेष्ठ

चितवन, कार्तिक २-

कोरोनाको नाममा मजदुरहरुलाई कसैले तलमाथी गर्न खोजे पार्टी चुप लागेर नबस्ने नेपाली काँग्रेस चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठले बताउनुभएको छ ।
नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला शाखा चितवनले आफ्ना सदस्यहरुलाई प्रदान गर्न लागेको एक दिने श्रम मापदण्ड सम्बन्धि आधारभुत ट्रेड युनियन शिक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै उहाले सो कुरा बताउनुभएको हो । कोरोनाको नाममा विभिन्न उद्योग तथा प्रतिष्ठानले मजदूरहरुलाई अपमान गरेको तथा जागिरबाट निकालेको भन्ने विषयलाई लक्षित गर्दै यदि तलमाथि गरे आफू र आफ्नो पार्टी चुप लागेर नबस्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा उहाँले कार्यस्थलमा खटिएका श्रमजिबीहरुले स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्देशन दिदै सो को सम्पूर्ण व्यवस्थापन सञ्चालकहरुले गनुपर्ने बताउनुभयो । कोरोनाले दिएको कष्ट र भयबाट उम्कन सकारात्मक सोच र तनाब व्यवस्थापन नै अचुक अस्त्र भएको उहाँले बताउनुभयो ।

भैतिक दुरी कायम गर्दै सम्पन्न गरिएको सो अभिमुखिकरण कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसमा आवद्ध विभिन्न संघ संस्थाका २५ जना सदस्यहरुको उपस्थिती रहेको थियो । सहभागीहरुलाई कोभिड १९ ले रोजगारी लगायत श्रम बजारमा पारेकोे प्रभाब र समाधानको उपाय, संस्थाको वर्तमान सांगठनिक संरचना, असंगठित क्षेत्रका चुनौती र सम्भावना साथै अर्थव्यवस्था लगायतका बिषयमा नेपाल ट्रेड युनियन काँग्रेस वाग्मती प्रदेशका अध्यक्ष धनश्याम चापागाई, नेपाल ट्रेड युनियन काँग्रेस चितवनका उपाध्यक्ष पूर्णप्रसाद शर्मा र सचिव रमेश खनालले सहजीकरण गर्नुभएको थियो ।

नेपाल ट्रेड युनियन काँग्रेस चितवनका पुर्व अध्यक्ष एंवम् केन्द्रिय सदस्य बैकुण्ठराज पौडेल, नेपाली काँग्रेसका नेता धनबहादुर गुरुङ्ग लगायतले शुभकामना मन्तब्य राख्नुभएको कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker