रत्ननगर १५ को वडा कार्यालय उद्घाटन,सेवा प्रभावकारी बनाउन निर्देशन

चितवन ०५ कार्तिक ।

रत्ननगर नगरपालिका वडा नं १५ को बुधवार नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । रत्ननगर नगरपालिकामा मेयर नारायण वनले दुई तले भवनको उद्घाटन गरेका हुन ।

जिल्ला समन्वय समितिको ३५ लाख,नगरपालिकाको ५४ लाखको लगानीमा वडा कार्यालय निर्माण गरिएको हो । वडा कार्यालयको भवन निर्माणको लागि स्थानीय पूर्णकुमारी गुरुङले १५ धुर,रामबहादुर गुरुङले १० धुर,ओमप्रसाद सिंखडाले १० धुर,भिम प्रसाद बगालले ४ धुर,मुल प्रसाद लामिछानेले ३ धुर जग्गा उपलब्ध गराएका थिए ।

वडा कार्यालय भवनको उद्घाटन गर्दै मेयर नारायण वनले नगर भित्रका सबै वडाकार्यालयको भवन बनाउने काम अन्तिम चरणमा पुगेको बताए । अधिकाँस वडाको नयाँ भवन भनिसकेका छन,केहीको बन्दैछन उनले भने अबको एक बर्ष भित्र सबै वडाहरुको आफ्नै भवन हुनेछ । उनले कार्यसम्पादनलाई प्रभावकारी बनाउन र कम पहुँच भएकालाई प्राथमिकतामा दिएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।

आर्थिक अनियमिताको विरुद्धमा आफु रहेको भन्दै मेयर वनले भष्टाचार गरेको थाहा पाए कसैलाई पनि बाँकी नछाड्ने चेतावनी दिए । उनले कोरोना संक्रमितको निशुल्क उपचार नगरपालिकाले गर्ने बताए । कार्यक्रममा उपमेयर विमला दुवाडीले कोरोना महामारीबाट नगरबासीलाई जोगाएर मात्र विकासको कामलाई अगाडि बढाउने बताइन ।

 

वडाध्यक्ष हुमनाथ लामिछानेले युगौ युग सम्म चाहिने वडा कार्यालयको भवन निर्माण गर्न सफल भएको भन्दै खुसी व्यक्त गरे । सडक लगायतका पूर्वाधार भन्दा पनि तत्कालको आवश्यकता वडा कार्यालयको भवन थियो उनले भने आवश्यकता महसुस गरेरै भवन निर्माण गरेका हौं ।

कार्यक्रममा वडा नं १६ का वडाध्यक्ष पूर्व गाविस सचिव चन्द्रकान्त न्यौपाने,नेपाली काँग्रेसका प्रतिनिधि गणेशबहादुर भण्डारी, लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिकी सदस्य लीलाकुमारी पोखरेल,रत्ननगरका प्रबक्ता राजेन्द्र हमाल,टोल विकास संस्थाका अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो । वडाध्यक्ष लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य रामबहादुर लामाले स्वागत मन्तव्य तथा वडा सचिव रुपबहादुर पण्डित क्षेत्रीले सञ्चालन गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker