पौडेल पक्राउको बिरोधमा नेविसंघको रत्ननगरमा प्रदशन

नेपाली कांग्रेसका बरिस्ठ नेता रामचन्द्र पाैडेललाई बुधवार प्रहरीले पक्राउ गरेकाे भन्दै त्यसको बिराेधमा पूर्वी चितवनको साैराहा चाेकमा नेविसंघले प्रदर्शन गरेकाे छ ।

नेविसंघ जिल्ला कार्य समिति चितवन शाखा र नेविसंघ सहिद स्मृति क्याम्पसकाे संयुक्त आयोजनामा आज (बिहिवार) बिहान ८ बजेदेखि ३० मिनेट साैराहा चाेकमा पाैडेल पक्राउकाे बिराेधमा प्रदर्शन भएकाे थियाे ।

साे प्रदर्शनमा नेविसंघ जिल्ला उपाध्यक्ष आयुष श्रेष्ठ, नेबिसंघ सहिद स्मृति क्याम्पस सभापति बिवेक उदास, सचिव मनिष सुवेदी, नेपाली कांग्रेसकि जिल्ला प्रवक्ता निता ढकाल, पूर्व क्षेत्रीय सभापति कुमार कार्की, क्षेत्र नं. १ ख सभापति सुजन थापा, महाधिवेशन प्रतिनिधि बिजय ओझा लगाएतकाे उपस्थित रहेकाे थियाे ।

बुधबार पाैडेललाई व्यास नगरपालिकाले निर्माण गरेकाे पुल उद्धघाटन गर्न नेकपाका कार्यकर्ताले बिराेध गरेका थिए । उता तनहुँ प्रशासनले भने स्थिति तनावग्रस्त हुने देखेर निशेधआज्ञा जारी गरिएकाेमा पाैडेल उपस्थिति भएपछि हिरासतमा लिइएको जनाएको छ । पाैडेललाइ बुधबार साझनै प्रहरीले छाडेकाे थियाे

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker