टाँडीको द नाइन्टिन्स् रेष्टुरेन्टको पहिलो बार्षिकोत्सवको अवसरमा द नोटेसन व्याण्डले लाइभ म्युजिक गर्ने

आशिष उप्रेती, चितवन, मंसिर २४-

पूर्वी चितवनको रत्ननगर नगरपालिका–२ टाँडी चोकमा रहेको द नाइन्टिन्स् रेष्टुरेन्ट एण्ड बारले आफ्नो पहिलो बार्षिकोत्सवको अवसर पारेर द नोटेसन ब्याण्डले लाइभ म्युजिक गर्ने भएको छ ।

डिसेम्बर १२ अर्थात् मंसिर २७ गते शनिबार पहिलो बार्षिकोत्सवको दिन बेलुका ५ बजेदेखि निःशुल्क प्रवेशमा सो ब्याण्डले टाँडी चोकमा रहेको द नाइन्टिन्स् रेष्टुरेन्ट एण्ड बारमा लाइभ म्युजिक गर्न लागेको हो । सो बारले आफ्नो पहिलो बार्षिकोत्सवको अवसरमा विशेष छुट र अफरको व्यवस्था समेत राखेको छ । उक्त रेष्टुरेन्ट एण्ड बार गत बर्षको मंसिर २६ गतेदेखि सञ्चालनमा आएको हो ।

सो रेष्टुरेन्ट एण्ड बारमा कसैलाई बर्थडे पार्टी, एन्नीभर्सरी, गेट टुगेदर पार्टी, बेबी सावर पार्टी, सेमिनार र मिटिङ हलको आवश्यकता परेमा सो को व्यवस्था समेत रहेको छ । नेपाली युवाहरुले नेपालमा बसेर पनि केही व्यवसाय गर्न सक्छन् भन्ने उद्देश्यका साथ करिब ५० लाखको लगानीमा सो रेष्टुरेन्ट एण्ड बार सञ्चालन गरेको सञ्चालक पुष्कर डल्लाकोटीले बताए । सो रेष्टुरेन्टमा अहिले ४ जना कुक, २ जना सहायक कुक, ४ जना वेटर र २ जना फोटोग्राफर रहेका छन् ।

अरु रेष्टुरेन्ट एण्ड बारको तुलनामा गुणस्तरीय सेवा प्रदान गरी ग्राहकलाई सन्तुष्टि दिलाउने उनको विश्वास छ । आफुहरुको यस कदमले धेरै युवालाई अरु केही नयाँ व्यवसाय सञ्चालन गरांै भन्ने उत्प्रेरणा जाग्ने डल्लाकोटीको दाबी रहेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker