फोटोग्राफर ज्ञानु राईको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो ‘उभौली’ युट्युबमा ।

फोटोग्राफर ज्ञानु राईको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो ‘उभौली’ युट्युबमा रिलिज गरिएको छ । सुनिल राईको संगीत तथा एरेञ्ज रहेको गीतको शब्द रचना सिमान्त राईले गरेका हुन् ।
किराँती रीती रीवाज र संस्कृतीको जगेर्ना गर्ने हेतुले सृजना गरिएको गीतमा पछिल्लो समयकी चर्चित गायिका मेलिना राई र स्वंयम संगीतकार राईले स्वर भरेका छन् । किराँतीहरुको महान पर्वको रुपमा रहेको साकेला पुजालाई गीतमा प्रस्तुत गरिएको छ । गीतको भिडियो रिता राईले निर्माण गरेकी हुन् ।

उमेश राई, प्रोस्जेन राई र उषा तामाङलाई गीतको भिडियोमा फिचर्ड गरिएको छ । स्वयंयम निर्देशक राईले छायांकन गरेको गीतको भिडियोमा विर बहादुर थारुको कलर तथा सम्पादन रहेको छ । सार्वजनिक गीतको भिडियो सिमान्त राई अफिसियल नामक च्यानलबाट अपलोड गरिएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker