
२०४७ सालको संविधान पुनः स्थापना हाम्रो अभियानको चितवनमा सङ्गठन बिस्तार गरिएको छ। आज सौराहामा आयोजना गरिएको एक कार्यकमका बिच मनिष उदासको संयोजकत्वमा सङ्गठन बिस्तार गरिएको हो। जसको सह-संयोजकमा अनिल लामा र सचिवमा राजेन्द्र नेपाल चयन भएका छन सङ्गठनका केन्द्रिय अध्यक्ष किशोरी महत्तो को प्रमुख आतिथ्यता र सङ्गठन विभागका केन्द्रिय अध्यक्ष सन्त बहादुर रुम्बाको अध्यक्षतामा सम्पन्न भेलाले युवा बिभागको सङ्गठन प्रमुखमा दिनेश लामालाई सिफारिस गरेको छ। २०४७ सालको संविधानलाई पुन ब्युताई नेपाललाई पुन हिन्दु रास्ट्र कायम गर्नुपर्ने मागको साथमा अभियानले केही समय अगाडी देशै भर प्रदशन समेत गरेको थियो।