
शिक्षा संग सँगै संरक्षण भन्ने मूल नाराको साथ आज बछौली मा.वि.मा एक कार्यक्रम सम्पन्न भएको छ। बछौली मा.वि मा अध्ययनरत ४० जना विधार्थीलाई संरक्षणमा लाग्न प्रेरित गर्ने उद्देश्यको साथमा कार्यक्रम आयोजना गरिएको हो। राष्ट्रिय प्रकृती संरक्षण कोषका प्रमुख डा.बाबुराम लामिछाने तथा चितवन राष्ट्रिय निकुञ्ज सौराहा सेक्टरका प्रमुख प्रकाश उप्रेतीले संरक्षण सम्वन्धी तालिममा सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा संरक्षणविज्ञ टिकाराम गिरीले तालिम लगतै विधार्थीहरु लाई जिप सफारी मार्फत कुमरोज मध्यवर्ती सामुदायीक वनमा अवलोकन गराई वन र बन्यजन्तुको महत्व दर्साउनु भएको छ।
बछौली माध्यमिक विधालयका बिधालय ब्यवस्थापन समितिका अध्यक्ष राममणी खनालले समाजमा रहेको सम्पूर्ण नागरीक लाई संरक्षण सम्वन्धी ज्ञान दिनु र संरक्षणमा सहयोग पुराउनु नै आजको कार्यक्रमको मुख्य उदेश्य रहेको बताउनुभएको छ। कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष बलराम दाहाल रत्ननगर नगरपालीका नगर शिक्षा अधिकारी बद्रि नारायण भट्टराई लगायत अन्य संरक्षणकर्मीहरुको उपस्थिति रहेको थियो।