टाडीको द नाईन्टिन्स् रेष्टुरेन्टमा क्रिष्टमसको अवसरमा लाईभ म्युजिक हुने

आशिष उप्रेती, चितवन, पुष ८-
पूर्वी चितवनको रत्ननगर नगरपालिका २ टाडी चोकमा रहेको द नाईन्टिन्स् रेष्टुरेन्ट एण्ड बारमा क्रिष्टमसको अवसर पारेर ट्र्याङ्गल ब्याण्डले लाईभ म्युजिक गर्ने भएको छ । यहि डिसेम्बर २५ अर्थात् पुष १० गते शुक्रबार क्रिष्टमसको दिन बेलुका ५ बजेदेखि निशुल्क प्रवेशमा सो ब्याण्डले टाडि चोकमा रहेको द नाईन्टिन्स् रेष्टुरेन्ट एण्ड बारमा लाईभ म्युजिक गर्न लागेको हो ।

नाईन्टिन्स् रेष्टुरेन्ट एण्ड बारले क्रिष्टमस र अंग्रेजी नया बर्षको अवसरमा विशेष छुट र अफरको व्यवस्था समेत राखेको छ । उक्त रेष्टुरेन्ट एण्ड बार गत वर्षको मंसिर २६ गतेदेखि सन्चालनमा आएको हो । सो रेष्टुरेन्ट एण्ड बारमा कसैलाई बर्थडे पार्टि, एन्नीभर्सरी, गेट टुगेदर पार्टि, बेबी सावर पार्टि, सेमिनार र मिटिङ हलको आवश्यक्ता परेमा सोको व्यवस्था समेत रहेको छ ।


नेपाली युवाहरुले नेपालमा बसेर पनि केही व्यवसाय गर्न सक्छ्न् भन्ने उद्धेश्यका साथ करिब ५० लाखको लगानीमा सो रेष्टुरेन्ट एण्ड बार सन्चालन गरेको सन्चालक पुष्कर डल्लाकोटीले बताउनुभयो । सो रेष्टुरेन्टमा अहिले ४ जना कुक, २ जना सहायक कुक, ४ जना वेटर र २ जना फोटोग्राफर रहेका छन् ।


अरु रेष्टुरेन्ट एण्ड बारको तुलनामा गुणस्तरिय सेवा प्रदान गरि ग्राहकहरुलाइ सन्तुष्टि दिलाउने उहाको बिस्वास रहेको छ । हामीहरुको यस कदमले धेरै युवाहरुलाइ अरु केही नयाँ व्यवसाय सन्चालन गरौ भन्ने उत्प्रेरणा जाग्ने डल्लाकोटीको दाबी रहेको छ । आफुहरुलाई समयको गतिविधि र कामले सफलता प्राप्त गर्नेमा आफू बिस्वस्थ रहेको र आगामी दिनमा अझ जोश र जागरका साथ जुझारु युवाहरुलाई साथमा लिएर अगाडि बढ्ने बताउनुभयो।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker