रत्ननगरकाे बकुललहर चाेकमा गरियाे शुभ संगम मार्टकाे शुभारम्भ

चितवन । रत्ननगरकाे मुटु बकुललहर चाेकमा शुभ संगम मार्टकाे शुभारम्भ गरिएको छ । आज (बिहीबार) मार्ट रहेकाे स्थानमा एक कार्यक्रम गरि साे मार्टकाे उद्घाटन गरिएको हाे । साे मार्टकाे उद्घाटन रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले गरे ।

उनले मार्टकाे उद्घाटन गर्दै बजारकाे बिकासका लागि एउटा इट्टा थपिएको बताए । उनले युवा उद्यमीहरुले शुभारम्भ गरेकाे साे मार्टकाे उज्ज्वल भविष्यकाे कामना गर्दै केही समस्या आइपरे सहयोगका लागि रत्ननगर उद्योग वाणिज्य संघ सदैव तयार रहेकाे बताए ।

साे मार्टमा खाद्यान्न, ग्राेसरी, फास्ट फुड, मदिरा, काेल्ड स्टाेर, कस्मेटिक लगाएतका सामानहरु उपलब्ध रहेकाे र ग्राहककाे आवश्यकता अनुसार सामानहरु थप गर्दै लैजाने कार्यक्रमका सभा अध्यक्ष तथा साे मार्टका सञ्चालक बाबू पाैडेलले जानकारी दिए । साे मार्टलाई रत्ननगरका युवा व्यवसायीहरु किशाेर चालीसे, सुर्य प्रकाश रेग्मी र बाबु पाैडेल मिलेर सञ्चालनमा ल्याएका हुन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker