कुमरोज सामुदायिक वनको परिषद भेला सम्पन्न

चितवन । कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको १५ औं परिषद भेला दराई वोटे तालको परिषरमा सम्पन्न भएको छ ।

वनका जेष्ठ परिषद सदस्य राम प्रसाद वर्तौलाको अध्यक्षता एवं खैरहनी नगरपालिका वडा नम्वर १३ का वडाअध्यक्ष बालकुमार उप्रेतीको प्रमुख आतित्थ्यतामा भेला सम्पन्न भएको हो ।

प्रमुख अतिथि उप्रेतीले जिल्लाको उत्कृष्ट वनको रुपमा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका गतिविधि तथा कृयाकलाप अरु वनलाई उदाहरणीय हुने गरेको बताउनुभएको छ । उहाँले वनलाई वडाबाट सकेजति सहयोग गरिने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

कार्यक्रमका विशिष्ट अतिथि बुढीराप्ती उपभोक्ता समितीका अध्यक्ष हिरावहादुर गुरुङ्ग, चितवन राष्ट्रिय निकुञ्ज सौराहा सेक्टर प्रमुख प्रकाश उप्रेती, खैरहनी नगरपालीका वडा नम्वर १२ का अध्यक्ष टिकाराम तिमल्सिना रहनु भएको थियो ।

त्यस्तै वनका कोषाध्यक्ष उज्ज्वल बर्तौलाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

त्यस्तै वनका अध्यक्ष गणेश कुमार श्रेष्ठले आफुहरु उपभोक्ताको हकहितको लागि उपभोक्ता लक्षित कार्यक्रम गर्दै वन र वन्यजन्तुको संरक्षण सगै पर्यटन विकासमा लागि पर्ने बताएका वताउनु भएको छ । साथै परिषद सदस्यले उठाएका प्रश्नहरुको वनका तर्फवाट अध्यक्ष श्रेष्ठले जवाफ समेत दिनु भएको थियो । भने कार्यक्रममा वनका उपाध्यक्ष सानोकाजी कुवरले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रम सञ्चालन वनका सचिव श्याम प्रसाद बराकोटीले गर्नु भएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker