नेपाली काङ्ग्रेस चितवन क्षेत्र नम्बर १ को पर्सा बजारमा मा विरोध प्रदर्शन

चितवन । नेपाली काँग्रेसका नेता एवम् पुर्व शिक्षा राज्यमन्त्री शेशनाथ अधिकारीले नेपाली जनताले बनाएको संविधान माथी निर्मम प्रहार भएको बताउनुभएको छ । नेपाली काँग्रेस चितवन क्षेत्र न १ ले चौबिसकोठी पर्सामा गरेको बिरोध कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । केपी ओलीको सरकारले पद मोहका कारण देशलाई खाडलमा पुरयाउन नमिल्ने भन्दै जबरजस्त तवरले गरीएको संसद बिघटनको बिरोधका पहिलो कदम स्वरुप बिरोध रयालीको आयोजना भएको बताउनुभयो ।

उहाँले यदि प्रधानमन्त्रीले राजीनामा नदिई देश असंबैधानिक तवरले चलाउन खोजे संबैधानिकताका लागी बिरोधका अन्य कार्यक्रम गर्ने चेतावनी दिनुभयो । यदि सबौच्च अदालतले चुनाबको फैसला गरे चुनावमा जान नेपाली काँग्रेस तयार भएको भन्दै काँग्रेश बहुमतका साथ सदनमा जाने बताउनुभयो तर तोकिएको मितीमा धाँधली रहित चुनाब हुने कुनै आधार नरहेको भन्दै केपी ओलीको सरकार मद्याबधी चुनाब गराउने बाहानामा पद बाँडफाँडमा लागेको आरोप लगाउनुभयो ।

बिरोध सभामा खैरहनी नगर सभापती शशि खनियाँ,पुर्व मन्त्री साबित्री बोगटी पाठक,साबिक क्षेत्र न २ क्षेत्रिय सभापती कुमार कार्की लगाएतले बोल्नुभएको थियो । नेपाल कम्युनिष्ट पार्टि नेतृत्वको सरकारले गरेको प्रतिनिधी सभा बिघटनको असंवैधानिक र अलोकतान्त्रीक कदमका बिरुद्धमा बिरोध आयोजना गरीएको जिल्ला प्रबक्ता निता ढकालले बताउनुभयो ।

क्षेत्र न १ का सभापती राजु सिलवालको सभापतित्वमा भएको बिरोध कार्यक्रम क्षेत्रिय कार्यलय मगनी चोक बाट शुरु भएर चौबिसकोठी चोकमा बिरोध सभा गरी समापन गरीएको ढकालले बताउनुभयो । सोमबार संसद विघटनको विरोधमा प्रमुख विपक्षी नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन भइरहेको क्षेत्र न १ का प्रतिनीनिधी सभा उमेदबार एवम नेपाली काँग्रेशका नेता राजेन्द्र प्रशाद बुर्लाकोटिले बताउनुभयो

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker