दिपेन्द्रको मर्मस्पर्शी सब्दमा मुटु रेट्दै अर्जुन र मेनुका

काठमाडौं । गित संगीतको बजारमा एक पछी अर्को गित बजारमा आईरहेको बेला चर्चित गायक अर्जुन सापकोटा र मेनुका परियारको स्वरमा निकै उत्कृष्ठ गित ‘मुटु रेटीन्छ’ सार्वजनिक भएको छ । गीतमा अर्जुन सापकोटाको संगीत रहेको छ भने दिपेन्द्र खत्रीको शब्द रहेको छ । गीतमा माया पिरती र मिलन बिछोडको भावलाई चित्रण गरिएको छ । अर्जुन,दिपा र करिश्मा अधिकारीको परिकल्पनामा तयार भहेको म्युजिक भिडियो बिक्रम चौहानले निर्देशन गरेका हुन् भने प्रकाश खडकाले छायांकन गरेका हुन् ।

मिलन विश्वकर्माले सम्पादन गरेको म्युजिक भिडियोमा पछिल्लो समय म्युजिक भिडियोमा निकै नै ब्यस्त कलाकार तथा लोकप्रिय मोडल रोशनि कार्की र गायक स्वयम् अर्जुन सापकोटाको अभिनय संगै बाल कलाकार आयुशी ढकाल र उत्सर्ग भट्टराईको अभिनय रहेको छ । म्युजिक भिडियो स्पन्दन मिडियाको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker