
हामी दिन प्रतिदिन डिजिटल समाज निर्माणको क्रममा छौ। देशलाई डिजिटलाइज गर्न जति गाह्रो छ त्यो भन्दा बढी सुरक्षित राख्न चुनौतीपूर्ण छ। डिजिटल समाज निर्माणको क्रममा प्रयोग भएका विभिन्न नेट्वोर्क तथा एप्लिकेसनमा भएका समस्याहरु पत्ता लगाइ त्यसलाई सुरक्षीत राख्न को लागि इथिकल ह्यकारको आवश्यकता पर्दछ । काठमाडौ भ्याली बाहिर साइबर सेक्युरिटी को अध्यापन गराउने एक मात्र कलेज फोर्ब्स कलेज भरतपुर – २ क्षेत्रपुर चितवन ले इथिकल ह्याकिङ सम्बन्धि ५ दिने वर्क सप सन्चालन सम्पन्न गरेको छ। नेपाल तथा विदेशमा साइबर सेक्युरिटी विशेषज्ञ रुपमा परिचित सचिन जङ्ग कार्कीले सो वर्कसप मा सहजीकरण गर्नु भएको थियो ।
कलेजले समय समयमा विभिन्न विषय विज्ञहरु बोलाइ यस्ता वर्कसप हरु सन्चालन गरिरहेको कलेजका प्राचार्य हरि शरण पाठकले जानकारी गराउनु भयो। गतसाल पनि रेड ह्याट सम्बन्धि १५ दिने वर्कसप संचालन गरेको थियो भन्दै देशी तथा विदेशी विज्ञहरु द्वारा एकदिने सेमिनारहरु पनि नियमित रुपमा संचालन गरिरहेको प्राचार्य पाठकले बताउनु भयो।
कलेजमा विश्वविद्यालयले तय गरेको पाठ्यक्रम मात्र अध्यापन नगराइ अतिरिक्त विषयहरु अध्यापन गराइ अन्तरास्ट्रिय मान्यता प्राप्त अतिरिक्त प्रामाणपत्र दिलाउने कलेजको उद्देश्य अनुरुप विध्यार्थीहरुले विभिन्न उपलब्धीहरु प्राप्त गरिसकेको कलेजका शैक्षिक निर्देशक ई. सुलभ अधिकारीले जानकारी गराउनु भयो।
स्नातक तह अन्तर्गत बि एच एम तथा ब्याच्लर अफ कम्प्युटर साइन्स ( नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी ) पढाई हुने फोर्ब्स कलेजमा हाल सिमित सिटको लागि भर्ना खुलेको कलेजका सहायक प्राचार्य ई. दिवस मैनालीले जानकारी दिनुभयो।
