दोलखामा बिहानै देखि हावाहुरी , उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना

सुजन काफ्ले
दोलखा । पश्चिमी वायुको प्रभावले आइतबार रातिदेखि देशभर मौसम बदलिएको सगै दोलखामा पनि बिहानै देखि हावाहुरी चलेको छ। जिल्लाको उच्च  क्षेत्रमा हिमपात हुने सम्भावना रहेको छ।

काठमाडौंलगायत अधिकांश ठाउँमा हल्का वर्षा भएको छ।मौसम पूर्वानुमान महाशाखाले सोमबार दिउँसो पनि वर्षाको सम्भावना रहेको जनाएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका केही भागमा आइतबार साँझ नै पानी पर्न थालेको थियो।

आउने २४ घन्टामा देशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको उल्लेख गर्दै महाशाखालाे पर्वतारोहण तथा यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker