
सुनौलो संवाददाता
दोलखा ।जिल्ला सहकारी संघ लिमिटेड दाेलखाकाे साधारण सभा आज बाट सुरु भएको छ।
संघको १५औ बार्षिक साधारण सभा सोमबार सदरमुकाम चरिकोटबाट सुरु गरिएको हो।
राष्ट्रिय सहकारी महासंघ लिमिटेडका सञ्चालक समितिका सदस्य डि वि बस्नेतकाे प्रमुख अतिथिमा साधारण सभाको सुरुवात गरिएको हो। संघले सदस्यहरुलाइ सहज होस भनेर जिल्लाका मुख्य बजार लगायत विभिन्न स्थानमा साधारण सभा गर्न लागिएको जिल्ला सहकारि संघका ब्यवस्थापक अनिल दाहालले जानकारी दिए। जिल्ला सहकारी संघ लि दाेलखाका अध्यक्ष हेमन्त चौलागाईंको अध्यक्षतामा सुरू भएको कार्यक्रममा बागमति प्रदेश सहकारी संघ लिका महासचिव भिम प्रसाद दहाल,दाेलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लिका अध्यक्ष भुमि राज खड्का,दाेलखा जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिका श्यामकाजी कटुवाल ,कृषि सहकारी संघ लि का अध्यक्ष अम्विका गाेले ,नेपाल पत्रकार महासंघ लिका अध्यक्ष जीवन लामाले शुभकामना मन्तब्य दिनु भएको थियाे ।सभामा उपाध्यक्ष देवि शर्माले सहकारी संघ लिमिटेडकाे प्रतिबेदन प्रस्तुत गर्नु भएको थियाे भने लेखा सुपरिवेक्षण समितिका संयाेजक रत्न बहादुर श्रेष्ठले लेखा सुपरिवेक्षण समितिकाे प्रतिबेदन प्रस्तुति गर्नु भएको थियाे । महासचिव कृष्ण प्रसाद दहालले कार्यक्रम प्रस्तुति गर्नु भएको थियाे ।कार्यक्रममा बाेल्दै प्रमुख अतिथि बस्नेतले दाेलखा जिल्ला सहकारीकाे उर्वर भुमि भएकोले सहकारी ले सदस्यकाे मन जितेर सस्था सञ्चालन गर्न अग्रह गर्नु भयाे ।दाेलखा जिल्ला सहकारी संघ अन्य जिल्लाकाे संघ भन्दा उत्कृष्ट संघ भएको बताउनु भयाे । संघले सदस्यहरूकाे मन जितेकाे र सामाजिक काममा पनि उदाहरणिय भएको बताउनु भयाे । उहाले संघले गरेकाे विभिन्न सामाजिक कामकाे प्रसंशा गर्नु भयाे । संघका अध्यक्ष हेमन्त चौलागाईंले सहकारीलाई सहयाेग गर्न जुन सुकै समयमा पनि आफु तयार भएको बताउनु भयो ।हेर्नुस कुन कुन दिन कहाँ कहाँ हुदैछ साधारण सभा