संसद् विघटनविरुद्ध चरिकोटमा नेपाली काङ्ग्रेसको बिरोध प्रदर्शन

सुजन काफ्ले  । दोलखा । प्रमुख प्रतिक्षी नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार (आज) देशव्यापी विरोध कार्यक्रम गरेको छ । सोही अनुसार दोलखा सदरमुकाम चरिकोटमा पनि काङ्ग्रेसले बिरोध प्रदर्शन गरेको हो।

विरोध कार्यक्रममा काँग्रेसले प्रतिनिधिसभा विघटनको मुद्दासँगै सरकारका बेथिति, भ्रष्टाचार र जनजीविकाका मुद्दालाई पनि जोडेको छ । सोही मुद्दालाई लिएर आज काँग्रेस ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित विरोध कार्यक्रममा गरेको छ । ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रपछि  माघ ३ गते पालिका र माघ ८ मा वडा तह केन्द्रित विरोध प्रदर्शन गर्ने कार्यक्रम काँग्रेसको छ ।सोही अनुरुप दोलखामा पनि बिरोध कार्यक्रम सम्पन्न भएको छ । हेर्नुस तस्बिरमा

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker