बछौली माविमा विधार्थीलाई न्यानो कपडा वितरण

चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ६ बछौलीमा रहेको बछौली माध्यामिक विधालय विद्यार्थीहरूलाई न्यानो कपडा प्रदान गरिएको छ । नेपाली काङ्रेसका महाधिवेशन प्रतिनिधि एवम चितवन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उमद्देवार राजेन्द्र वुर्लाकोटीको सहयोगमा न्यानो कपडा प्रदान गरिएको हो ।

नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुने उक्त विद्यालयमा कक्षा ५ सम्मका सम्पूर्ण विद्यार्थीहरूलाई उपहारस्वरूप न्यानो कपडा प्रदान गरिएको वुर्लाकोटीले वताए ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएको वुर्लाकोटीले विद्यालयको शैक्षिकदेखि भौतिक गुणस्तर र पूर्वाधार विकासका लागि सघाउने वताए ।

जाडो बढेसँगै बालबालिकाहरूलाई न्यानो स्वीटर र टोपीले निरन्तर विद्यालय आउन सहज हुने उनले बताइन् ।

विधालय व्यवस्थापन समितिका अध्यक्ष राममणी खनालले यस्ता अभियानले शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण भूमिका वताउनु भएको छ ।

न्यानो कपडा वितरण कार्यक्रममा नेपाली काँग्रेस चितवनकी प्रवक्ता निता ढकाल , नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति राजु सिलवाल, नेपाली काँग्रसे रत्नननगर नगर सभापति रुपनराज घिमिरे , विधालयका प्रध्यानध्यापक शिवराम मरहठ्ठ, कपिया माविका सहायक प्रध्यानध्यापक ऋषि खनाल लगायतको उपस्तिथ रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker