जिल्ला सहकारी संघ दोलखाको १५औ  बार्षिक साधारण सभा सम्पन्न

सुनौलो संवाददाता                                            दोलखा । जिल्ला सहकारी संघ लिमिटेड  दोलखाको १५औ  बार्षिक साधारण सभा सम्पन्न सम्पन्न भएको छ ।  पुस २० गते बाट सुरू भएको साधारण सभा २९ गते सम्पन्न भएको हाे ।जिल्लाका सबै स्थानिय तहमा संघले पहिलाे चाेटी सुरू गरेकाे साधारण सभामा बुधबार  एक कार्यक्रमका विच प्रतिनिधि मुलक साधारण सभा सम्पन्न भएको हाे ।साधारण सभाले संघकाे घर जग्गा काेष , सहकारी सन्जाल,सहकारी संघ/संस्थाकाे अनुगमन,तालिम स्थानिय तह संग समन्वय गरी सहकारी संस्थाकाे विकास लगायत विभिन्न नयाँ कार्यक्रमहरू सञ्चमलन गर्न निणय सहित बार्षिक साधारण सभा सम्पन्न गरेकाे हाे । १५औ साधारण सभामा सदस्यहरूकाे ५१% सहित उपस्थिति रहेकाे थियाे ।उत्घाटन कार्यक्रम राष्ट्रिय सहकारी महासंघका  सञ्चालक सदस्य डि वि बस्नेतकाे प्रमुख अतिथिमा सुरू भएको थियाे भने समापन जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईंले गर्नु भएको थियाे ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker