एकिकृत फ्रेण्डसिप साकोस जिरिको एक दिने वित्तीय शिक्षा तथा परामर्श कार्यक्रम सम्पन्न

सुनाैलाे संवाददाता । दाेलखा । जिल्लाको जिरी नगरपालिकामा रहेको एकिकृत फ्रेण्डसिप साकोसले आफ्नो तीन सेवा क्षेत्र भित्रको सदस्यहरुलाई लक्षित गरेर एक दिने वित्तीय शिक्षा तथा परामर्श कार्यक्रम सम्पन्न गरेको छ ।
मुख्य कार्यालय सहित ९ वटा सेवा केन्द्र रहेको साकोसले हिजो ठोसे, माली र जिरी खिम्ती सेवा केन्द्रको सेवा क्षेत्र भित्रका सदस्यहरुसँग गोकुलगंगा गाउँपालिकाको ठोसेमा एक दिने वित्तीय शिक्षा तथा परामर्श कार्यक्रम सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष भूमिराज खड्काको अध्यक्षतामा भएको सो कार्यक्रममा १२४ जना शेयर सदस्यहरुको सहभागीता रहेको थियो । संस्थाले सदस्यहरुको आम्दानीको स्रोत वृद्धि हुने किसिमका कार्यक्रमहरु अगाडी बढाउने र युवा सदस्यहरुलाई स्वदेशमै रोजगारीको सिर्जना गर्ने उद्देश्य अनुरुप शेयर सदस्यहरु सँग भेटघाट गरी एक दिने वित्तीय शिक्षा तथा परामर्श कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहालले वित्तीय शिक्षा तथा परामर्श सम्बन्धी प्रशिक्षण गराउनुभएको थियो भने कार्यक्रमको सहजिकरण संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत राम बहादुर खत्रीले गर्नुभएको थियो । कार्यक्रम संस्थाका उपाध्यक्ष तथा सञ्चालक समितिका सदस्यहरु, शिक्षक, बुद्धिजिवी, समाजशेवी र सरोकारवाला लगायतको उपस्थितिमा सम्पन्न भएको थियोे ।
साथै, संस्थाले संस्थामा आवद्ध विपन्न तथा अतिविपन्न सदस्यहरुलाई आर्थिक वृद्धिका लागि सहुलियत व्याजदरमा ऋण प्रवाह गरी व्यवसायिक बनाउनुको साथै करेसाबारी तरकारी खेतीमा प्रोत्साहन गर्नेगरी समूहगत ऋण लगानीमा जोड दिने गरी थप अन्य विभिन्न कार्यक्रहरु पनि ल्याएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker