आज देखि कुमरोज सामुदायिक वनको साधारण सभा सुरु

चितवन । कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको १३ औं वार्षिक साधारण सभा सोमबारवाट सुरु भएको छ । वार्षिक साधारण सभा माघ ८ गते विहिबार सम्म सञ्चालन हुने भएको छ ।

वनका अध्यक्ष गणेश कुमार श्रेष्ठको अध्यक्षता एवं खैरहनी नगरपालिका वडा नम्वर १३ का वडाअध्यक्ष बालकुमार उप्रेतीको प्रमुख आतित्थ्यतामा वार्षिक साधारण सभाको सोमवार एक कार्यक्रमका विच सुभारम्भ भएको छ ।

प्रमुख अतिथि उप्रेतीले सबै राजनैतिक दल र समुदायले आफ्नो स्वार्थ भन्दा माथी उठेर पर्यटक भित्र्याउन लाग्नुपर्ने वताउनु भएको छ । उहाँले वनलाई वडा र नगर बाट सकेजति सहयोग गरिने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

कार्यक्रमका विशिष्ट अतिथि बुढीराप्ती उपभोक्ता समितीका अध्यक्ष हिरावहादुर गुरुङ्गले कुमरोज लाई पर्यटन हव बनाएर अगाडि बढ्न सबैको हातेमालो जरुरी रहेको वताउनु भएको छ ।

त्यस्तै कार्यक्रमका अर्का विशिष्ट अतिथि चितवन राष्ट्रिय निकुञ्ज सौराहा सेक्टर प्रमुख प्रकाश उप्रेतीले संरक्षणमा आफू हरेक तवरले लागि पर्ने र वनले गरेका संरक्षण्का गतिविधिमा साथ दिन राष्ट्रिय निकुञ्ज तयार रहेको जनाउनु भएको छ ।

त्यस्तै कार्यक्रमका अर्का विशिष्ट अतिथि खैरहनी नगरपालीका वडा नम्वर १२ का अध्यक्ष टिकाराम तिमल्सिना रहनु भएको थियो ।

कार्यक्रमका सभापति एवं बनका अध्यक्ष श्रेष्ठले सम्पुर्ण उपभोक्ताका गुनासोलाइ सम्बोधन गर्दै पर्यटकिय गतिविधिलाई अगाडि बढाएर स्थानीयको अवस्थालाई सुधार्ने र संरक्षणको भाव जगाउन आफू लागि पर्ने वताउदै वनले उपभोक्ता लक्षित विभिन्न कार्यक्रम लिएर आउने वताउनु भएको छ ।

वनका उपाध्यक्ष सानोकाजी कुवरले स्वागत मन्तव्य राख्नु भएको सभामा कोषाध्यक्ष उज्ज्वल बर्तौलाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । भने वनका सचिव श्याम प्रसाद बराकोटीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker