
महेश पाण्डे
चितवन । पूर्वी चितवनकाे साैराहाचाेकमा रहेकाे साहारा सुपर मार्केटमा “चिम्नी मल्टिकुजिन रेष्टुरेन्ट एण्ड बार” सञ्चालनमा आएकाे छ । पाण्डे दाजुभाइ चिरञ्जीवी पाण्डे र शिवराज पाण्डेकाे संयुक्त लगानी रहेकाे साे रेष्टुरेन्ट एण्ड बारकाे आज (साेमबार) रत्ननगर नगरपालिकाकी उप मेयर बिमला देवी दुवाडीले उद्धघाटन गरिन ।
उद्धघाटन पछि बाेल्दै उप-मेयर दुवाडीले यस्ताे काेराेना महामारीको बेलामा पनि लाेकल खानेकुरा लाेकल तरीकाबाटनै चिम्नीकाे प्रयाेग गरि बनाई खुवाउने साेच अनुरुप सञ्चालनमा आएको उक्त रेष्टुरेन्टकाे सफलताको शुभकामना ब्यक्त गरिन ।साे रेष्टुरेन्टका सञ्चालक चिरञ्जीवी पाण्डेले अन्य ठाउमा ग्यासको प्रयाेग गरि खानेकुरा पकाउने गरेकाेमा आफ्नो रेष्टुरेन्टमा भने गाउले तरिकाले दाउराको प्रयोग गरि खानेकुरा पकाउने भएकाले अरु भन्दा फरक र टिपिकल गाउँको स्वाद सहितकाे खानेकुरा खान पाइने जानकारी दिए । उनले अझ विशेष गरि मकै, काेदाे, फापरकाे ढेडाे तथा लाेक्कल कुखुराको मासुका परिकार आफ्नो रेष्टुरेन्टमा बिशेष परिकारकाे रुपमा रहने जानकारी पनि दिए ।
साेहि रेष्टुरेन्टका अर्का सञ्चालक शिवराज पाण्डेले आफू हाेटल म्यानेजमेन्ट पनि पढेकाे बिद्यार्थी भएकाे र कुक पनि भएकाले आफ्नो ठाउँमा केही गर्नुपर्छ भन्ने साेच अनुरुप चिम्नी मल्टिकुजिन रेष्टुरेन्ट एण्ड बारकाे नामबाट ब्यवसाय सुरु गरेकाे जानकारी दिए । पाण्डेले सबैलाई एक पटक आफ्नो रेष्टुरेन्टमा आइ फरक स्वादकाे अनुभुती गर्न आग्रह पनि गरे । साे उद्घघाटन कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका महासचिव निराजन खनाल, साहारा सुपर मार्केटकी सञ्चालिका बिरञ्जना घिमिरे, राेयल पेन्ट् प्रा.लीका अध्यक्ष प्रमेश्वर भण्डारी, सामाजिक अभयन्ता ज्ञानेन्द्र राज पाण्डे लगाएतकाे उपस्थिति रहेकाे थियाे ।