
सुजन काफ्ले
दोलखा । जिल्लाको तामाकोसी गाउँपालिकाका – १ वडा अध्यक्ष काफ्लेले ३ सय थान ज्याकेट बितरण गरेका छन।
सरकारले दिने सेवा सुविधा बापतको तलब,भत्ताबाट गाउँपालिकाको वडा नम्बर १ भिरकोटका वडा अध्यक्ष महेश काफ्लेले विपन्न,दलित,अपाङ्ग र जेष्ठ नागरिकहरु लाइ ३ सय थान ज्याकेट बितरण गरेका हुन।
आफ्नो निर्वाचित भएपछी आफ्नो तलब भत्ता गरिब , बिपन्न र दलितहरुको सेवामा खर्च गर्ने घोषणा गरेको र यो बर्ष गाउँपालिकाको हाँवाका बिपन्न नागरिकलाई ज्याकेट बितरण गरिएको वडा अध्यक्ष काफ्लेले बताए।
निर्वाचित भए देखी नै अध्यक्ष काफ्लेले प्रत्येक बर्ष तलब भत्ता बाट विपन्न,दलित,अपाङ्ग र जेष्ठ नागरिकलाई सहयोग गर्दै आएका छन।
गतबर्ष माथिल्लो तामाकोशी जलबिद्युत आयोजनामा शेयर हाल्न नसक्ने माझीबस्तिका स्थानीयहरुलाइ आर्थिक सहयोग गरेका थिए ।
दृष्टि बिहिन र बिपन्न बालबालिकाहरुलाई पढ्न छात्रबृत्तीको ब्यबस्था गरेर जिल्लामा नै चर्चामा आएका वडा अध्यक्ष काफ्लेले कोरोनाको बेलामा तामाकोसी गाउँपालिका भरिका स्वास्थ्यचौकी हरुमा पिपिइ,मास्क,सेनिटाईजर लगायत मेडिकल सामग्री समेत वितरण गरेर थिए।