राहातको नाममा करोडौंको मुद्दा भिरकोटका माझी परिवारलाई , माछा मारेर जीवन चलाउने माझीहरुलाइ यसरी लाग्यो मुद्दा 

सुजन काफ्ले
दोलखा । जिल्लाको तामाकोसी गाउँपालिका वडा नं. १ भीरकोट माझी गाउँका आधा दर्जन माझीका परिवारमा त्रास बढेको छ। माछा मारेर जिबनयापन चलाउदै आएका माझी परिवारलाई न निन्द्रा नै छ न भोक नै।
२०७२ सालमा गएको विकासकारी भूकम्पपछि पीडितहरुका लागि खाद्यान्न, लत्ताकपडा, जस्तापाता सहितका राहत लिएर विभिन्न ब्यक्ति तथा संघसंस्थाहरु गाउँ गाउँमा आउथे । स्थानीयहरु पनि खेतीपाती नै छाडेर राहत लिन लागे ।

भुकम्प गएको एक वर्षपछि गाउँमा कपडा बेच्न हिँड्ने मधेशी समुदायका एक जनाले आफूलाई ‘तपाईंको घर ढलेछ, राहत दिने मान्छे भेटाइदिन्छु, काठमाडौं आउनुस्’ भनेको पीडित लछुमन माझी बताउछ्न। उनैको भनाइबाट काठमाडौंमा एक जना मधेशीलाई भेट भयो । उनले ३ पटकसम्म काठमाडौं बोलाए, राहत भन्दै पटक पटक ३६ हजार ५ सय पनि दिए । त्यही बेला पहिलो पटक नागरिकताको फोटोकपी लिए । फोटो खिचेर, फोटो पनि लिए ।
दोस्रो र तेस्रो पटक विभिन्न कागज बनाएर ल्याएछन्, सबैमा सही गर्न लगाएको माझी सम्झन्छन् । सही मात्र गर्न जान्ने तर राम्रो लेखपढ गर्न नसक्ने माझीले उनले भने अनुसार सही गरे । उनले नै विभिन्न ठाउँमा लगेर सही गराए तर पैसा सडकमै ल्याएर दिएको सम्झन्छन् । राहत पाएकाले उनलाई राहत दिनेको नाम, ठेगाना केही जानकारी छैन तर देखे अनुहारसम्म चिन्न सक्ने बताउँछन् ।केही दिनअघि तामेली बुझेका लछुमन अदालतमा कसरी जाने भन्नेमा अन्यौलग्रस्त छन् । अदालतका तामेली बुझेपछि माझी मात्र होइन, उनको परिवार समेत राम्रोसँग निदाउन सकेका छैनन् । राजस्व अनुसन्धान आयोगले राजस्व छली सम्बन्धी मुद्दामा उच्च अदालत पाटनले गत मंसिर १६ गतेको फैसला अनुसार प्रतिवादी लछुमनलाई आफ्नो प्रमाणसहित हाजिरीका लागि आह्वान गरेको छ ।

लछुमनको नाममा दर्ता भएको पान नं. बाट ५ करोड २० लाख राजस्व छली भएकोले राजस्व अनुसन्धान विभागले अभियोग पत्र दर्ता गरेको थियो । परिवारको नाममा २ रोपनी समेत जग्गा नभएका माझीको परिवार चलाउने दैनिकी समेत तामाकोसीमा माछा मारेर दैनिकी चलाउँछन् । यस्ता व्यक्तिका नाममा एक्कासी अदालतबाट हाजिर हुन पत्र आएपछि स्थानीय जनप्रतिनिधि समेत चकित भएका छन् । कम्पनीको बारेमा जानकारी नै नभएका र कम्पनी रजिष्टारको कार्यालय समेत नटेकेका माझीको नाममा पीआरके ट्रेड इन्टरनेशनलको नामबाट दर्ता भएको स्थायी लेखा नं. ६०५४२८२७२ बाट राजस्व छली गरेको अभियोग छ ।
गाउँका अरु पनि लछुमनकै लाइनमा छन ।
राहतका नाममा लछुमन मात्र होइन । माझीगाउँका अधिकांश गाउँले यसरी नै नागरिकता र फोटो बुझाएर कागजमा सही गर्नेहरु छन् । सोही ठाउँका दिनेश माझी, देवेन्द्र माझी, नारायण माझी, शरण माझी लगायत एउटै व्यक्तिलाई नागरिकता दिएर राहत लिनेमा पर्छन् ।
माछा मारेर दैनिक चलाइरहेका माझी परिवार यतिबेला आफुलाइ राहातको आश्वासन दिएर ठगी गर्ने ब्यक्तिहरुको खोजिमा छन।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker