
सुनौलो समाचारदाता
दोलखा । नेपाली काङ्ग्रेसका युवा नेता तथा समाजसेवी प्रकाश खड्काले गरिब तथा बिपन्न विद्यार्थीहरुलाई ज्याकेट बितरण गरेका छन
बैत्यश्वर गाउँपालिका ८ क्षेत्रपामा रहेको क्षेत्रवति माध्यमिक विद्यालयको बार्षिक उत्सव तथा अभिभावक दिबसको अबसरमा खड्काले ३४ जना गरिब तथा बिपन्न विद्यार्थीलाई ज्याकेट बितरण गरेका हुन।
विभिन्न सामाजिक काममा सहयोग गर्दै आएका खड्काले गरिब तथा बिपन्न विद्यार्थीको दुख देख्न नसकेर ज्याकेट बितरण गरेको बताए।
आफ्नो ब्यक्तिगत खर्चमा ज्याकेट बितरण गरेका उनले आफू पढेको बिधालय र आफ्नो गाउँमा निरन्तर सहयोग गर्ने लक्ष्य रहेको बताए।
ज्याकेट सोहि वडाका वडा अध्यक्ष रमेश अधिकारिले बिद्यार्थीलाई हस्तान्तरण गरेका थिए।
बैत्यश्वर ८ क्षेत्रपा नै घर भएका खड्का सोही बिधालयका पुर्ब विद्यार्थी हुन भने जिल्लाका सफल निर्माण ब्यवसायिका रुपमा परिचित रहेका छन।