
सुजन काफ्ले
दोलखा। जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाद्वा गएको पुस महिनामा ६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
जिल्लामा सञ्चालित सवारीसाधन कारबाहीबाट एक महिनामा नै ६ लाख ४ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । सवारी नियम उलंघन गर्ने कुल ७ सय ३५ वटा सवारीसाधन कारबाहीमा परेका छन्।
कारबाहीमा मोटरसाइकल २ सय ९४ वटा बाट २ लाख ६२ हजार, कार,जिप २ सय ९ वटा बाट १ लाख ४८ हजार, बस ६३ वटा बाट ४९ हजार, ट्याक्टर २३ वटा बाट २० हजार र ट्रक १ सय ४६ वटा बाट १ लाख २५ हजार राजस्व सङकलन भएको जिल्ला ट्राफिक कार्यालय दोलखाका प्रमुख भानुभक्त नेपालले बताए ।
बिना लाइसेन्सका चालकहरुलाई कडाइका साथ कारबाही गरिने उनले बताए। खासगरी कागजपत्र नबोकेका, लाइसेन्स नभएका, क्षमताभन्दा बढी यात्रु तथा मालसामान ढुवानी गर्ने र पटक–पटक ट्राफिक नियम उल्लंघन गर्दै आएका सवारीसाधन कारबाहीमा पर्ने गरेको उनले बताए।
सडकमा सवारीको चाप बढेपनि सवारी दुर्घटना र मृत्यु हुनेको सङ्ख्यामा कमि आएको तामाङले बताए। राजस्व सङकलन भन्दा पनि दुर्घटना न्यूनीकरण गर्नु आफ्नो उदेश्य रहेको र ट्राफिक नियम सम्बन्धि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको उनको भनाइ छ ।