काङ्ग्रेस नेता ताराकुमार खड्का द्वारा ५ लाखको अक्षय कोष स्थापना

सुजन काफ्ले
दोलखा : नेपाली काङ्ग्रेसका नेता एबम ब्यवसायी ताराकुमार खड्काले बिधालयमा ५ लाखको अक्षय कोषको स्थापना गरेका छन।

खड्काले आफ्ना स्वर्गीय हजुरबुबा छत्रबहादुर खड्का र हजुरआमा बालकुमारी खड्काको स्मृतिमा सो रकमको अक्षय कोष स्थापना गरेका हुन।

बैत्यश्वर गाउँपालिका ८ क्षेत्रपा रहेको क्षेत्रवति माध्यामिक बिद्यालयको स्थापना दिवसको अबसरमा आयोजित कार्यक्रममा सो रकम खड्काले बिधालयका प्र.अ पदम जिरेललाई हस्तान्तरण गरेका थिए।
स्थापना गरिएको कोषबाट बार्षिक रुपमा सोही बिधालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति बितरण गरिने खड्काले बताए।
स्थायी घर क्षेत्रपा रहेका खड्का राजधानी लागायतका ठाउँमा विभिन्न ब्यवसाय गर्दै आएका छन। विभिन्न सामाजिक काममा सहयोग गर्दै आएका खड्का एक सफल ब्यवसायीको रुपमा परिचित रहेका छन।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker