पुजारी, स्थानीय र सरोकारवालाले पशुपति मन्दिरमा सुनको जलहरी राख्न नदिने

काठमाडौ । पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा रहेको चाँदीको जलहरी हटाएर सुनको जलहरी राख्ने तयारी भएपछि विवाद बढेको छ । पुरानो जलहरीमा खिया पनि लागिसकेकाले त्यसलाई निकालेर सुनको जलहरी राख्ने तयारी भएको हो ।

यसरी जलहरी परिवर्तन गरिनु प्राचीन स्मारक ऐनका साथै शैव दर्शनविपरीत भएको तर्कसहित विरोध सुरु भएको हो । स्मारकसम्बन्धी ऐनले नयाँ संरचना वा वस्तु थप्न निषेध गरेको छ । सरकारले भने सुनको जलहरी राख्ने कार्य अघि बढाइसकेको छ ।

कोष सञ्चालक समितिको गत बुधबार बसेको बैठकले जलहरी राख्ने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सरकारका तर्फबाट ३० करोड रुपैयाँ उपलब्ध गराउने वचन दिएपछि सुनको जलहरी राख्ने कार्य अघि बढेको छ ।आजको नागरिक दैनिकमा समाचार छ ।

तर मन्दिरका पुजारी, स्थानीय र सरोकारवाला व्यक्तिले भने सुनको जलहरी राख्न नदिने बताएका छन् । उनीहरुले ऐतिहासिक महत्त्वको मन्दिरको कुनै पनि वस्तु वा संरचना चलाउन नहुने अडान राख्दै आएका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker