बिहे पासमा जोडिए दयाहाङ र प्रकृति

काठमाडौं । अभिनेता दयाहाङ राई नयाँ फिल्म ‘बिहे पास’मा जोडिएका छन् । यो फिल्मलाई प्रवेश पौडेलले निर्देशन गर्दैछन् ।

चलचित्र बिहे पासामा दयाहाङसँगै अभिनेत्री प्रकृति श्रेष्ठ नायिकाको रुपमा अनुबन्धित भएको निर्माण पक्षले जनाएको छ । चलचित्र ‘होस्टेल’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी प्रकृति त्यसपछि दाम्पत्य सम्बन्धमा बाँधिईन् । केही वर्षदेखि उनी आफ्ना श्रीमानसँग अष्ट्रेलियामा छिन् । दयाहाङको नायिकाको रुपमा प्रस्ताव आएपछि उनी यो फिल्मबाट फेरी दर्शकमाझ आउन लागेकी हुन् ।

टिम राम्रो भएको र चलचित्रको स्कृप्ट मन परेका कारण आफु बिहे पासबाट अभिनयमा फर्कन लागेको यी अभिनेत्रीको कथन छ । निर्देशक पौडेलका अनुसार यो चलचित्रको कथा आकाश बराल, सजन काफ्ले र मुरे केरले तयार पारेका छन् । यसको पटकथा आकाश बराल र सजन काफ्लेले लेखेका हुन् ।

यो चलचित्रको छायाँकन आगामी चैतबाट सुरु गरिने भएको छ । तराई भेगमा खिचिने फिल्मका अन्य कलाकार तथा प्राविधिकको चयन भने बाँकी रहेको निर्माण पक्षको भनाई छ ।राजधानि दैनिकमा खबर छ ।

सामाजिक विषयवस्तुमाथि निर्माण हुने यो चलचित्रलाई आरआर फिल्म प्रोडक्शनको ब्यानरमा रोहित कट्टेल, रत्न श्रेष्ठले निर्माण गर्दैछन् । फिल्मको सह निर्मातामा ग्याल्जेन लामा छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker