धादिङ्गमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु, घाइते एकको अवस्था गम्भिर

धादिङ । धादिङ्गमा तिब्र गतिका २ ट्रक ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।

मुग्लिनबाट काठमाडौँ आउँदै गरेको लु २ ख २७० नम्बरको ट्रकले सोही दिशातर्फ बिग्रेर रोकिराखेको ना ६ ख ६४६५ नम्बरको ट्रकमा पछाडिबाट ठक्कर दिँदा दुर्घटना हुँदा सहचालक संखुवासभा घर भएका किरण कार्की र ट्रकमा सवार बर्दियाका सानो सुकि वडा नं ९ का किरण प्रताप गुरुङ्गको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूको घटनास्थलमै मृत्यु भएकोहो । प्रहरीका अनुसार नवलपरासीको सुनवाल नगरपालिका वडा नं ६ का चालक लिला राम अधिकारी गम्भीर घाइते भएका छन् ।

घाइतेको काठमाडौँ ट्रमा सेन्टरमा उपचार भइरहको बताइएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker