राजुले ल्याए ‘सिन्धुली गढीमा’

काठमाडौं : आफ्नो जन्म र कर्मथलो सिन्धुली जिल्लाको सुन्दरतालाई प्रेमसँग साटेर गायक राजु बरालले ‘कति राम्रो फूल फुलेको सिन्धुली गढीमा’ बोलको गीत म्युजिक भिडियोसहित दर्शकमाझ ल्याएका छन्। भिडियोले मायाप्रेमको भाव साट्दै सिन्धुलीको सुन्दरता वर्णन गर्छ। आफ्नो १३औं गीतका रूपमा गायिका मेलिना राईसँग स्वर मिलाएका उनले गायनसँगै जन्मथलोको सुन्दरता संसारमाझ पु¥याउने प्रयास गरेको बताए।

२०३८ सालमा फिक्कल–५, सिन्धुलीमा जन्मेका राजुले गुरुदेव कामतलाई संगीतको गुरु स्थापना गर्दै २०६९ सालमा पहिलो गीत रेकर्ड गराएका थिए। ‘सिन्धुलीगढीमा’ बोलको गीतमा शब्द तथा संगीत राजनराज शिवाकोटीको रहेको छ।

एमोस तामाङको एरेन्ज तथा श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन्। भिडियोमा नीराजन प्रधान र कुसुम गुरुङले अभिनय गरेका छन्। विकास दाहालले सम्पादन गरेको भिडियोको कोरियोग्राफी गोविन्द राईले गरेका छन् भने भिडियो निर्देशन राजेश पुमा राईले गरेका छन्।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker