केपी ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरे प्रचण्ड र माधवले

काठमाडौँ, १९ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ ।

सोमबार बसेको प्रचण्ड–नेपाल पक्षको चौथो केन्द्रीय समिति बैठकले ओलीलाई साधारण सदस्यबाट समेत हटाएको हो । यसअघि केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो । अहिले ओलीको ठाउँमा नेपाललाई अध्यक्ष बनाइएको छ ।

यस्तै बैठकले महासचिव विष्णु पौडेललाई पनि पदबाट हटाएको छ । बैठकमा नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी र पौडेललाई महासचिवबाट हटाउने प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव बैठकले पारित गरेको हो ।

प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गर्ने निर्णय लिएपछि नेकपा विभाजित बनेको छ । त्यसयता दुवै पक्षले छुटा छुटै बैठक बस्दै विभिन्न निर्णय गर्दै आएका छन । यद्यपी यस अघि दुवै पक्षले गरेको निर्णयलाई निर्वाचन आयोगले खारेज गरेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker