नारायणगढको जोरकुसुम पार्कमा आउटडोर क्यालिस्टेनिक्सको स्थापना

चितवन । चितवनमै पहिलोपटक आउटडोर क्यालिस्टेनिक्स (शारिरीक व्यायाम) पार्क सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित जोरकुसुम पार्कमा एक कार्यक्रमकाबीच उक्त पार्कको शुभारम्भ गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रकाश गुरुङ्गले मानव जीवनमा व्यायामको महत्व उत्तिकै रहने भन्दै यहांँ सञ्चालनमा ल्याईने पार्कबाट स्थानीयले लाभ लिनसक्ने बताउनु भयो । नेपालका विभिन्न ठाउंँमा प्रोजेक्ट टेम्पलले गरेको यस कार्यप्रति उहांँले आभार व्यक्त गर्नुभयो ।
स्वस्थ नेपालको सपना हाम्रो अभियान “प्रोजेक्ट टेम्पल“ अन्तर्गत चितवनमा चौथो आउटडोर क्यालिस्टेनिक्स पार्क स्थापना गरिएको अभियान्ता तरुणप्रताप शाहले जानकारी दिनुभयो । यस अभियानको उद्धेश्यमाथि प्रकाशपार्दै शाहले भन्नुभयो,‘ हाम्रो अभियान देशभरी खुला निःशुल्क व्यायामको संरचना बनाउने हो । तपाईहरुकै हौसला र सहयोगले मात्र हाम्रो अभियान सफल हुने छ ।’
उहांँका अनुसार यस पार्कमा आफ्नो शरीर कसरी फिट राख्ने बिषयमा ईच्छुक व्यक्तिले नियमित निशुल्क शारिरीक व्यायाम गर्नसक्ने छन ।
सो अवसरमा आयोजित कार्याशाला गोष्ठीमा चितवनका युवाहरुलाई लक्षित गर्दै बडी विल्डर शुकदेव कार्कीले अभिमुखीकरण तालिम दिनुभएको भएको थियो । कार्कीले सहभागीहरुलाई व्यायामको लागि पोषणको महत्वबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा जोरकुसुम पार्कका अध्यक्ष मदनलाल श्रेष्ठ, विशिष्ठ अतिथि प्रेम श्रेष्ठ , यम बहादुर मगर लगायतको सहभागिता रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker