तामाकोसी गाउँपालिकाका २१ सय ३४ जना जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण सँगै औषधि बितरण

सुनौलो समाचारदाता
दोलखा । जिल्लाको तामाकोसी गाउँपालिकाले २१ सय ३४ जना जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण सँगै औषधि बितरण गरेको छ।

१५ गते देखि डाक्टर सहितको स्वास्थ्यकर्मीको टोलि जेष्ठ नागरिकको घर घरमा पुगेर सुरु गरिएको घरदैलो कार्यक्रम आज सम्पन्न गरिएको हो ।

प्रत्येक वडाको २/२ जना दक्ष स्वास्थ्यकर्मीको टोली परिचालन गरेर स्वास्थ्य परिक्षण गरिएको तामाकोसी गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण कुमार मिश्रले जानकारी दिए।
गाउँपालिकाको भिरकोटका ३ सय ५ जना, झुलेका ३१८ जना, जफेका ४ सय १२ जना , मालुका ४ सय ७ जना, शहरेका ३ सय जना, च्यामाका ३ सय ३६ जना र हाँवाका
२ सय २६ जना जेष्ठ नागरिको स्वास्थ्य परिक्षण सँगै औसधि बितरण गरिएको स्वास्थ्य संयोजक मिश्रले बताए।
आफ्नै घरआगनमा पाएको यो सुविधाबाट जेष्ठ नागरिकमा खुसी र उत्साह छाएको देखिन्छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker