अठार महिनादेखि बेपत्ता भएकी रासोदेवीको कंकाल फेला

काठमाडौ । अठार महिनादेखि बेपत्ता एक महिलाको कंकाल फेला परेको छ । राजगढ गाउँपालिका–१ झुटकीका धनई पण्डितकी पत्नी ७५ वर्षीया रासोदेवीको कंकाल आज फेला परेको हो ।

प्रहरीचौकी झुटकीदेखि करीब तीन सय मिटर पूर्वदक्षिणतर्फ रहेको सार्वजनिक ठारी पोखरी जीर्णोद्धार गर्ने क्रममा अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो । मानसिक सन्तुलन ठीक नभएकी रासोदेवी २०७६ साउन ३० गते रातिदेखि बेपत्ता हुनुभएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker