दुर्गेश थापाले खेलेको इश्वरी अर्यालको गीत ‘डाँडै बिसौनीको’ चर्चामा (भिडियो)

काठमाडौं । कामको सिलसिलामा विदेशी भूमिमा रहेर पनि लोकगीत लेखनमा सीप भएकी धादिङे चेली ईश्वरी अर्याल लेखनमा कहिल्यै आराम नलिने नाम हो । केही महिनाअघि मात्रै ‘ बरको पात ’ लोकगीत ल्याएर चर्चामा रहेकी गीतकार इश्वरी अर्यालको नयाँ गीत ‘डाँडै बिसौनी’ यही सोमबार सार्वजनिक भएको छ ।

लोक संगीतलाई प्रदेशी भूमिमा बसेरै असाध्य माया गर्ने गीतकार अर्यालको ‘डाँडै बिसौनीको’ सार्वजनिक भएसँगै चर्चा चुलिएको छ । अर्यालको शब्द रचनामा पछिल्लो समय लोकसंगीतका भाइरल गायिका मेनुका परियार र विक्रम परियारको श्वर असाध्य सुहाएको छ । गायक गायिकाले गीतको मर्मलाई अति न्याय गरेको गीत सुन्दा अनुभूत हुन्छ ।

विक्रम र मेनुकाको आवाज डाँडै पिपलुका लागि असाध्य सुहाएको छ । त्यसैले होला सार्वजनिक भएको भोलिपल्टै यसका सयौं टिकटक बनेका छन् । गीतको प्रतिक्रियाबारे ईश्वरी भन्छिन्, दोस्रो दिनमै गीतबारे देखिएको चर्चाले लोक रचनामा अझ लाग्न प्रोत्साहन मिलेको छ । श्रोताको चाहनालाई न्याय गर्दै यस क्षेत्रमा लागिरहने गीतकार अर्याल बताउँछिन् ।

सोमबार सार्वजनिक ‘चल्यौ बतास” संगीत संयोजन भने प्रिय कुमारले गरेका छन् । मेनुका र विक्रमको स्वरले सजिएको गीत नेपालमात्र नभई विश्वका कुनाकुनामा बसेकाले पनि मन पराएका छन् ।

अर्यालको लोकगीत “डाँडै बिसौनी” निर्देशन भने काजिश श्रेष्ठले गरेका छन् । निर्देशक श्रेष्ठसँगै चर्चित गायक तथा मोडल दुर्गेश थापा, अनुपा अधिकारीलगायतले भिडियोमा अभिनय गरेका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker