सोमपालले दुई विकेट लिएको खेलमा मराठा अरेवियन्स पराजित

नेपाली क्रिकेट खेलाडी सोमपाल कामीले युनाइटेड अरब इमिरेट्स (युएई )को आबूधाबीमा जारी टि १० लिगमा दुई विकेट लिनुभएको छ । डेकेन ग्लाडियटर्स विरुद्धको खेलमा दुई विकेट लिए पनि उहाँ आबद्ध मराठा अरेवियन्स भने २९ रनले पराजित भएको छ ।

मराठाले टस जितेर पहिला फिल्डिङ रोजेपछि डेकेनले निर्धारित १० ओभरको खेलमा चार विकेट गुमाएर १२० रन बनायो । १२१ रनको विजयी लक्ष्य पछ्याएको मराठाले १० ओभरमा तीन विकेट गुमाएर मात्र ९१ रन बनाउन सक्यो । नेपालका बलर कामीले आजको खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्नुभयो । उहाँ एउटै ओभरमा दुई विकेट लिन सफल हुनुभयो ।

कामीले डेकेनका प्रशान्त गुप्ता र यासिर कलिमको विकेट लिनुभएको हो । आफ्नो व्यक्तिगत पहिलो ओभरमा उहाँले मात्र दुई रन खर्चिनुभयो । गुप्ता ३५ रनमा तथा कलिमलाई २८ रनमा पेभेलियन फर्किनुभयो । कामीले दुई ओभरमा मात्र १० रन खर्चिनुभयो । कामीले जारी टी १० लिगमा हालसम्म ६ खेलमा तीन विकेट लिनुभएको छ ।

युएईमा जारी टी १० लिगमा कामीका साथै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी खेलिरहनुभएको छ । खड्का टी १० टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहनुभएको छ । मल्लले आबुधाबी टोलीबाट तथा केसीले पुने डेभिल्स टोलीबाट उक्त प्रतियोगिता खेलिरहनुभएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker