घट्यो सुनको मूल्य

काठमाडौं, २३ माघ । साताको अन्तिम दिन ९शुक्रबार० नेपाली बजारमा सुनको मूल्य तोलामा ९ सय ४५ रुपैयाँले घटेको छ । नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७७ हजार १ सय ६० रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ७८ हजार १ सय ५ रुपैयाँ थियो ।

शुक्रबार तेजाबी सुनको मूल्य भने तोलामा ९ सय रुपैयाँले घटेको छ । शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार ७ सय ७५ रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ७७ हजार ६ सय ७५ रुपैयाँ थियो ।

शुक्रबार चाँदीको मूल्यमा पनि केही गिरावट आएको छ । बिहीबार प्रतितोला १ हजार १ सय १४ रुपैयाँ ५० पैसा रहेको चाँदीको मूल्य ८ रुपैयाँ ५० पैसा घटेर प्रतितोला १ हजार १ सय ६ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker