‘निरङ्कुश राजतन्त्रको प्रेतात्मा जगाउन नारायणहिटी पुगे ओली’

धादिङ, २४ माघ । नेकपा प्रचण्ड-माधव समूहका नेता तथा स्थायी समिति सदस्य योगेश भट्टराईले अस्तित्व नै मेटिएको निरङकुश राजतन्त्रको प्रेतात्मा जगाउन प्रधानमन्त्री केपी शर्मा ओली नारायणहिटी पुगेको आरोप लगाएका छन् ।

संसद विघटनको विरोधमा नेकपा प्रचण्ड-माधव समूहको आयोजनामा धादिङवेसीमा भएको विरोधसभालाई सम्वोधन गर्ने क्रममा नेता भट्टराईले यस्तो बताएका हुन् ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मण्डले शैलीमा कार्यकर्ता परिचालन गरेको र पुर्वपञ्चहरुकै शैली टिपेर नारायणहिटीमा आमसभा आयोजना गरेको उनले बताए ।याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

नेकपा ओली समूहको नारायणहिटी दरवार परिसरमा आयोजित आमसभालाई लक्षित गर्दै भट्टराईले भने, ‘नारायणहिटी अगाडि जुन नाटक मन्चन भइरहेको छ केपी ओली समूहको त्यो अन्तिम नाटक हुनेछ ।

अहिले केपी ओलीलाई पुर्वपञ्चहरुले साथ दिइरहेका छन्, उ बेलाको मण्डले प्रवित्तिकै झल्को दिने गरी ओलीका मण्डलेहरु ओली आई लभ यू भन्दै सहर घुमिरहेका छन् । जसरी राजतन्त्र अन्त्यको साक्षी बसेको छ नारायणहिटी, त्यसरी नै ओलीको अन्त्यको पनि त्यही नारायणहिटी साक्षी बस्नेछ ।’

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker