बलात्कारपछि घाँटी निमोठेर हत्या

धनगढी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी ९कतोला० की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि ह’त्या भएको छ। भागरथी गाउँपालिका भवननजिकै रहेको सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन्।

बुधबार बिहान विद्यालय गएकी भागरथी नफर्केपछि आफन्तले खोजी गर्दा बिहीबार बेलुकी घरभन्दा तीन किलोमिटर दूरीमा रहेको लबलेक सामुदायिक वनमा बीभ’त्स अवस्थामा उनको श’व फेला परेको हो। अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

इलाका प्रहरी कार्यालय खोचलेक र विद्यालयबाट झन्डै दुई किमि दूरीमा घाँ’टी नि’मोठि’एको, हात’मा धा’रिलो हतियार प्रयोग गरिएको र बलात्कार गरी आधा शरीर निर्वस्त्र पारिएको अवस्थामा श’व फेला भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

बैतडीका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारी बिहीबार राति नै घटनास्थल पुगेका थिए। जिल्ला सदरमुकाम गोठलापानीबाट मोटर चढेर झन्डै डेढ घण्टामा घटनास्थल पुगिन्छ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker