
काठमाडौँ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गर्नुपर्ने उपकरणको काम प्रभावित भएको छ ।
उपकरण जडानका लागि समयमा विदेशी विज्ञसहितको टोली नेपाल आइनपुग्दा उक्त काम प्रभावित भएको हो । अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार कोभिड १९ का कारण चीन, थाइल्याण्ड, अमेरिका, अष्ट्रिया, युकेलगायत मुलुकबाट विज्ञसहितको टोली आइनपुग्दा उपकरण जडानसम्बन्धी काम अलपत्र परेको हो ।यो जडान गत अक्टुबर महिनामै सम्पन्न गर्नुपर्ने पूर्वनिर्धारित तालिका थियो ।
