यस्तो हुनेछ आजको मौसम, यि स्थानमा वर्षा र हिमपातको संभावना

काठमाण्डौ – आज पश्चिमी क्षेत्रका उच्च पहाडी र हिमाली जिल्लामा हिमपात हुने सम्भाबना रहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बद्ली भएको छ भने तराईका जिल्लामा हुस्सु र कुहिरो लागेको छ ।

काठमाण्डौसहित आसपासका जिल्लामा लागेको कुहिरो भने हट्दै गएर घाम लाग्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण भोलि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी पर्ने सम्भावना छ । अन्य प्रदेशमा भने मौसम आंशिकदेखि सामान्य बद्ली मात्रै हुने छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker