
प्रणय दिवसको अवसर पारेर सौराहामा कार्यक्रम हुने भएको छ।
सौराहा गैडा चोकमा रहेको बलेसी रेस्टुरेन्टको आयोजनामा लायन्स डेन सौराहामा कार्यक्रम गर्न लागिएको बलेसी रेस्टुरेन्ट सौराहाका सन्चालक सुजन भट्टले जानकारी दिएका छ्न। यश बर्ष सौराहमा कुनै साङ्गितिक माहोल नहुदा आन्तरिक तथा बाह्य पर्यटकले नैराश्यता महसुस गरेकाले आफुले यो कार्यक्रम आयोजना गर्न लागेको भट्टले बताएका छ्न। पछिल्लो समयका चर्चित गायक एवम मोडल प्रकाश सपूत लगायत न्याटिभ ब्याण्डको प्रस्तुति रहने कार्यक्रमको मुख्य प्रायोजकको रुपमा गोर्खा ब्रुअरी रहेको आयोजकले बताएको छ।
