१७ वर्षीया भागरथी हत्या प्रकरणमा आफन्तदेखि साथीसम्म निगरानीमा, यसरी हुँदैछ अनुसन्धान

काठमाडौं । बैतडीको दोगडाकेदार–७ मा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्टको हत्याको अनुसन्धानका लागि प्रहरीले आफन्तदेखि साथीसम्म गरी दुई दर्जन व्यक्तिलाई निगरानीमा राखेको छ ।

२१ पुसमा विद्यालयबाट घर फर्कने क्रममा हराएकी उनको बिहीबार लवदेव सामुदायिक वनमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । उनको शवको पोस्टमार्टम रिपोर्टले बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको देखाएको छ । प्रहरीले घटनाको अनुसन्धानका लागि ‘टेक्निकल’ र ‘म्यानुअल’ विधि प्रयोग गरिरहेको बताएको छ ।राजधानी दैनिकमा खबर छापिएको छ ।

जसअनुसार घटनास्थलमा फेला परेको भागरथीको यौनांगबाट ‘भेजिनल स्वाब’ निकालेर परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको छ । यस्तै घटनास्थलमा फेला परेका अन्य सबुत प्रमाणसमेत प्रहरीले अनुसन्धानका लागि पठाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker