सास्कृतिक कार्यक्रमा सहित भब्य रुपमा मनाइयो नाम्दुमा सोनाम ल्होछार (फोटोफिचर सहित)

बैत्यश्वर समाचारदाता
दोलखा । जिल्लाको बैत्यश्वर गाउँपालिकामा सोनाम ल्होछार भब्य रुपमा सम्पन्न भएको छ।
गाउँपालिकाको वडा नम्बर ६ नाम्दुका तामाङ समुदायले नाम्दुमा पहिलो पटक बिधिवत रुपमा सास्कृतिक कार्यक्रम सहित ल्होछार पर्व मनाएका हुन।

गाउँपालिकाका उपाध्यक्ष रबिचन्द्र आचार्यको प्रमुख आतिथ्यमा सप्पन्न कार्यक्रममा जिल्ला लामा संघका अध्यक्ष डुक्पा लामा, सोही वडाका वडा अध्यक्ष शमशेर घिसिङ, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईं ,दिक्षण दैनिकका निर्देशक ध्रुब आचार्य लगायत स्थानीयहरुको उल्लेख्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

ल्होसारको अबसरमा गाउँपालिका स्तरिय नृत्य प्रतियोगिता समेत गरिएको थियो। विभिन्न वडाका सात समुहले नृत्य प्रतियोगितामा भाग लिएका थिए। नृत्य प्रतियोगितामा मृगे ब्वाइज समूह प्रथम , जिम्मा समूह नाम्दु दोस्रो, जनज्योति माबी समुह तेस्रो, बैत्यश्वर माबी समूह चौधौं भएका थिए। प्रथम,दोस्रो, तेस्रो ,सान्त्वना हुने समुहलाई क्रमश १० हजार, ७ हजार, ५ हजार , ३ हजार र सहभागी हुनेलाइ १ हजारका दरले पुरस्कार बितरण गरिएको थियो।
हिराकाजी घिसिङको सभापतित्वामा सम्पन्न कार्यक्रमको सन्चालन अष्ट कुमार लामाले गरेका थिए।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker