श्वेताको झुटको पर्दाफासः माझीबस्ती निर्माणमा उठाएको पैसा कहाँ गयो (भिडियोसहित)

पछिल्लो केहि दिन यता अभिनेत्री श्वेता खड्का संलग्न श्वेता श्री फाउण्डेशनको तर्फबाट निर्माण प्रचार गरिएको ‘माझी वस्ती’ चर्चामा छ । निर्माण सम्पन्न नभइसकेको यो वस्ती ऋणमा डुबेको प्रसंग श्वेताले सामाजिक सञ्जालमा निकालेपछि यसको बारेमा चर्चा परिचर्चा बढिरहेको हो । यसको यथार्थता खोज्दै हामी एकिकृत नमुना माझी वस्तीमा पुगेका छौं ।

दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको जन्मथलो भनिएको माझी वस्तीमा पुग्दा सामाजिक सञ्जालमा आएको र गरिएको चर्चा अनुसारको परिवेश हामीले पाएनौं । यो वस्तीमा बसोबास गर्दै आइरहेका माझी समुदायले सहयोगको नाममा गरिएको प्रचारमाथी प्रश्न मात्रै गरेनन्, श्वेताले निर्माण गरेको भनेर गरिएको प्रचारमा आपत्ति प्रकट गरे । श्वेताले वस्ती निर्माणमा बाटो मात्रै देखाएको भन्दै बैंकको किस्ता तिर्न नसकिरहेको समयमा गरिएको यो प्रचारपछि कि त घर नै श्वेताले लैजानुपर्यो सम्म भन्न भ्याए ।

सरकारी पैसामा र आफुहरुकै बलबुताले वस्ति निर्माण भएको बताइरहेका माझी समुदाय बाटोमा ढुङ्गा छाप्नेदेखि नक्सा बनाउने काम मात्रै श्वेताले गरेको बताउँछन् ।थप भिडियोमा हेर्नुहोस्ः

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker