अब बाँच्दिनन् भनेर अन्तिम पुजापाठ समेत गरेकी अनिता खड्का बोल्न थालिन, पैसाको लागि नाटक गरे भन्नेलाई परिवारले दियो यस्तो जवाफ(भिडियो हेर्नुस्)

काटमाडौ । विनोद खड्काको घरमा अहिले खुसीयाली छाएको छ । लामो समय देखि अस्वस्थ्य भएकी अनिता अहिले बोल्न थालेपछि विनोद खुसी भएका हुन् । धेरै वर्ष काठमाडौको वीर अस्पतालमा उपचार गराइएकी अनितालाई अहिले घर लगिएको छ । उनको घाँटीको श’ल्यकृ’ या गर्नुपर्ने चिकित्सकले बताएका छन् । उनलाई उपचारमा सहयोग गर्न भन्दै देश विदेशवाट निकै सहयोग आयो । लामो समय सम्म उपचार गर्नुपर्ने भएकाले ठूलो रकमको आवश्यकता पर्ने भएकाले सहयोग उठाइएको थियो ।

अचानक दुई वर्ष अघिको जेठ २९ गते उनले टाउको दुख्यो भनेपछि विनोदले अस्पताल लिएर गए । डाक्टरले अनितालाई ब्रेन ह्याम्रेज भएको बतायो । परिवारले आश पनि छोडेका थिए । अनिताको बैतर्नी पनि गरेको र गाइदान समेत गरेको परिवारका सदस्यहरुले बताएका छन् । उनलाई अब फर्काउन सकिदैन भन्दै गाइ दान गरेपछि एक पटक अस्पताल लैजाउँ न त भनेर लिएर गए । तर अस्पतालमा चिकित्सकले अनिताको बाँच्ने चान्स २० प्रतिशत मात्र भएको बताए ।

अनि विनोदले भने मेरो सबै सम्पत्ती सकिएपनि मेरो अनितालाई बचाइदिनु भनेर आग्रह गरे । त्यस पछि उनको उपचार सुरु भएको थियो । अहिले सबैको सहयोग, डाक्टरको प्रयास र श्रीमानको विश्वासले अनिताको अवस्थामा धेरै सुधार आएको छ । अहिले पनि उनलाई परिवारको सहयोग चाहिन्छ । घाँटीको श’ल्य’कृ’या गर्नका लागि उनको चेतनामा परिवर्तन भएपछि मात्र सम्भव हुने भनेपछि उनीहरुले अनितालाई घर लिएर आए । अहिले भने अनिताको अवस्थामा धेरै सुधार आएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker