
बेनी नगरपालिका-४, सिंगा तातोपानीस्थित सरस्वती माविमा लायन्स क्लब अफ चितवन राइनो सिटीले करिब ५ लाख बराबरको साम्रागी वितरण गरेको छ ।
सामाजिक तथा मानवीय सेवामा सक्रिय क्लवले शुक्रबार विद्यालयमा आयोजित सामाग्री हस्तान्तरण कार्यक्रममा न्यानो कपडा,स्टेशनरी, खेलकुद लगायतका साम्रागी हस्तान्तरण गर्दै जरुरत पर्ने हरेक ठाँउमा क्लव सेवाका निम्ती समर्पित हुने प्रतिवद्धता रहेको क्लवका अध्यक्ष भुपेन्द्र धितालले बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै लायन्सका पिडिजी लायन राजकुमार श्रेष्ठले लायन्स क्लवमार्फत शिक्षा, स्वास्थ्य, मानवीय सेवाका साथै समुदायमा आवश्यक पर्ने विभिन्न क्षेत्रमा सहयोग गर्ने गरिएको बताए ।‘लायन्समार्फत म्याग्दीमा पनि धेरै काम भएको छ,‘भविस्यमा पनि यसलाई निरन्तरता दिन्छौ’ श्रेष्ठले भने ।
तातोपानी पुख्यौली घर भई हाल चितवन बसोबास रहेका हरि अधिकारीको संयोजकत्वमा भएको कार्यक्रममा लायन्स क्लव ३२५ बि वान नेपालका को–चिप एडभाइजर चन्द्रकुमार केसी, स्पेशल सेक्रेटरियट एडभाईजर सन्तोष रावल, नेपाल जेसीजका पूर्व अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, तातोपानी कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्य लगायतले मन्तब्य राखेका थिए । विद्यालय प्रांगणमा आयोजित कार्यक्रम स्थानीयबासी तथा अभिभावकको बाक्लो उपस्थितीमा क्लबका सचिव अरुणकुमार शिवाकोटीले संचालन गरेका थिए ।